दक्षिणी गाजापट्टीको खान युनिस शहरमा रहेको एउटा विद्यालयलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका प्यालेस्टिनी स्रोतले बताएको छ।
इजरायली विमानले मिसाइल प्रयोग गरेर खान युनिसको पूर्वमा रहेको अबसान अल–कबिरा शहरमा सयौं विस्थापित मानिसहरू बस्ने अल–अव्दा स्कुलको गेटलाई निशाना बनाई आक्रमण गरेका थिए।
चिकित्सा स्रोतहरूले इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा २५ जनाको ज्यान गएको र दर्जनौं घाइते भएको बताए।
उक्त क्षेत्रमा भीडभाड भएका कारण पीडितको संख्या बढ्नसक्ने बताएको छ। इजरायल डिफेन्स फोर्स ९आईडीएफ० ले हतियार प्रयोग गरेर इजरायली वायुसेनाले हमासको सैन्य शाखाका एक आतंककारीलाई आक्रमण गरेको बताएको छ।