आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रुसमा शक्तिशाली भूकम्पसहित ज्वालामुखी विस्फोट

रुसमा शक्तिशाली भूकम्पसहित ज्वालामुखी विस्फोट

नागरिक पाटी

२, भाद्र २०८१
  • 2.9K
    SHARES
  • रुसमा शक्तिशाली भूकम्पसहित ज्वालामुखी विस्फोट

    रुसमा सात म्याग्निच्युडको शक्तिशाली भूकम्पसँगै ज्वालामुखी विस्फोट भएको छ । कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट झन्डै ९० किलोमिटर पूर्व समुद्री तटमा सात म्याग्निच्युडको भूकम्प गएको रुसी अधिकारीलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी तासले जनाएको छ ।

    images

    पेट्रोपावलोव्स्क–कामचत्स्की तटीय शहर हो । त्यहाँ झन्डै एक लाख ८१ हजार जनसङ्ख्या छ । रुसी आपतकालिन मन्त्रालयले त्यो सहरमा सुनामीको चेतावनी जारी गरेको छ ।

    भूकम्पबाट ठूलो क्षती नभएको तर विवरण सङ्कलन गर्ने काम भइरहेको समाचारसंस्था तासले जनाएको छ । ज्वालामुखीबाट निस्किएको खरानी समुद्री सतहबाट झन्डै आठ किलोमिटर माथिसम्म फैलिएको र त्यहाँबाट लावा पनि बाहिरिएको समाचारसंस्था सीएनएनले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०८१ आइतवार - १२:०५:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology