आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

उच्च प्रदूषणका कारण बङ्गलादेशीको औसत आयु ५ वर्षसम्म घट्ने

उच्च प्रदूषणका कारण बङ्गलादेशीको औसत आयु ५ वर्षसम्म घट्ने

नागरिक पाटी

१३, भाद्र २०८१
  • 2.0K
    SHARES
  • उच्च प्रदूषणका कारण बङ्गलादेशीको औसत आयु ५ वर्षसम्म घट्ने

    बङ्गलादेशमा प्रदुषणले नागरिकको औसत आयु झण्डै ५ वर्षले घटाउने एक अध्ययन प्रतिवेदनले देखाएको छ । विश्वको सबैभन्दा प्रदूषित देश बङ्गलादेशमा औसत व्यक्ति चार दशमलव आठ वर्ष कम बाँच्ने वायुको गुणस्तरबारे अनुगमन गर्ने एयर क्वालिटी लाइफ इन्डेक्सले निकालेको प्रतिवेदनमा उल्लेख छ ।

    images

    बङ्गलादेशमा सूक्ष्म कण वायु प्रदूषण (पिएम २.५) ले यी मानव श्वासप्रश्वास प्रणालीमा समस्या निम्त्याइरहेको प्रतिवेदनले देखाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । पिएम २.५ भन्नाले २.५ माइक्रोन वा योभन्दा सानो व्यास भएको सूक्ष्म कणलाई जनाउँछ ।

    यी कण धुलो, तुफान, डढेलो, कोइला जलाउँदा वा कृषिजन्य कार्यजस्ता मानव गतिविधिले गर्दा उत्पन्न हुन्छ । बङ्गलादेशको राजधानी ढाका नजिकै गाजीपुर र नरसिङदी जिल्लामा वायु प्रदूषण उच्च छ । प्रदूषणले त्यहाँका मानिसको ६ वर्षभन्दा धेरै उमेर घटाइरहेको प्रतिवेदनमा उल्लेख छ । एजेन्सी

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०८१ बिहिवार - ०८:२२:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology