आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

शेख हसिना सरकारका ८ मन्त्रीलाई बंगलादेश छोड्न प्रतिबन्ध

शेख हसिना सरकारका ८ मन्त्रीलाई बंगलादेश छोड्न प्रतिबन्ध

नागरिक पाटी

१५, भाद्र २०८१
  • 3.2K
    SHARES
  • शेख हसिना सरकारका ८ मन्त्रीलाई बंगलादेश छोड्न प्रतिबन्ध

    बंगलादेशको अन्तरिम सरकारले शेख हसिना सरकारका ८ मन्त्री र उनको पार्टी अवामी लिगका ६ जना पूर्व सांसदलाई देश छाड्न प्रतिबन्ध लगाएको छ। एन्टी करप्सन कमिसनका वकिल हुसेन जहाँगीरले सो कुराको पुष्टि गरेका हुन्।

    images

    प्रतिबन्धमा परेका पूर्वमन्त्रीहरूमा जाहिद मलिक, दिपु मोनी, मोहिबुल हसन चौधरी नौफेल, साधनचन्द्र मजुमदार, नुरुल मजिद महमूद हुमायुन, कमल अहमद मजुमदार, शाहजहान खान र कमरुल इस्लाम छन् ।

    देश छाड्न प्रतिबन्ध लगाइएका ६ पूर्व सांसदहरुमा सलीम उद्दीन, मामुनुर रसिद किरण, कुजेन्द्रलाल त्रिपुरा, काजिम उद्दिन, नूर आलम चौधरी र जियाउर रहमान रहेका छन्।

    यसैबीच, अदालतले शेख हसिना सरकारमा वाणिज्यमन्त्री रहेका टिपु मुन्शीलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। ढाकाको मुख्य महानगरीय मजिस्ट्रेट अदालतले यस्तो आदेश दिएको हो।

    राजधानीको बड्डा प्रहरी चौकीमा सुमन सिकदार नामका व्यक्तिको हत्या गरेको अभियोगमा मुन्सीलाई हिरासतमा राखिएको छ। उनलाई र्‍यापिड एक्सन बटालियनले पक्राउ गरेको थियो।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०८१ शनिवार - ०९:३७:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology