आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

नागरिक पाटी

२३, भाद्र २०८१
  • 2.8K
    SHARES
  • गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

    गाजा । गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक प्यालेस्टिनी बालिकाको कुपोषण र उपचारको अभावका कारण मृत्यु भएसँगै कुपोषणका कारण मृत्यु हुने बालबालिकाको संख्या ३७ पुगेको छ ।

    images

    चिकित्सा स्रोतहरूले प्यालेस्टिनी समाचार समिति ९वाफा०लाई कुपोषण र खाध्य आपूर्तिको अभावका कारण बालिकाको मृत्यु भएको बताएका छन् ।

    गाजामा ५० हजार भन्दा बढी बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त रहेको युनिसेफले घोषणा गरेको थियो । संयुक्त राष्ट्रले गाजापट्टीमा मानवीय अवस्था दयनिय रहेको चेतावनी दिएको छ ।

    गाजापट्टीका बासिन्दाहरूले अक्टोबर ७ देखि जारी विनाशकारी इजरायली युद्धको कारणले अभूतपूर्व मानवीय र स्वास्थ्य सङ्कटको सामना गरिरहेका छन् ।युनिसेफ

     

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २३, २०८१ आइतवार - ०६:१२:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology