आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

लेबनानमा इजरायली हवाई आक्रमणमा १० जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमणमा १० जनाको मृत्यु

नागरिक पाटी

८, कार्तिक २०८१
  • 2.6K
    SHARES
  • लेबनानमा इजरायली हवाई आक्रमणमा १० जनाको मृत्यु

    जेरुसेलम । दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा बुधबार बिहान १० जनाको मृत्यु भएको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए)ले जनाएको छ ।

    images

    एनएनएका अनुसार इजरायली लडाकु विमानहरूले बिहानै नबातिह जिल्लाको माफदौन गाउँमा एक हुसैनियालाई ध्वस्त पारेर दुईजना मारेका थिए । यसबाहेक टायर जिल्लाको माराकेह गाउँमा इजरायली आक्रमणबाट तीनजनाको मृत्यु भएको छ ।

    यसैबीच हिजबुल्लाहले दक्षिणी लेबनानको राब एल थालाथिन र अदाइसेह गाउँमा इजरायली साइटहरूलाई लक्षित गरेको बताएको छ ।

    इजरायली रक्षा बल (आईडीएफ) र इजरायली पुलिसले बुधबार पनि लेबनानबाट मध्य इजरायलको तेल अभिभ महानगरतर्फ प्रक्षेपण गरेको रकेटलाई रोकेका थिए । आक्रमण लगतै इजरायलमा हवाई रक्षा साइरनहरू १० शहरमा सक्रिय गरिएको थियो ।

    इजरायल प्रहरीले तेल अभिभको उत्तरमा रहेको सहर हर्जलियामा इन्सेप्शनको भग्नावशेषबाट कारमा क्षति पुगेको जानकारी दिएको छ ।

    आईडीएफका अनुसार लेबनानबाट उत्तरी इजरायलमा प्रहार गरिएका २५ थप रकेटमध्ये केहीलाई रोकिएको थियो । सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको बढ्दो आक्रमणमा गहन हवाई हमला सुरु गरेको छ ।

    इजरायलले लेबनानको दक्षिणी र पूर्वी क्षेत्रहरूका साथै माउन्ट लेबनान र बेरुतको दक्षिणी उपनगरहरूमा आक्रमणलाई तीव्र पारेको छ । साथै इजरायलले यस महिनाको सुरुमा दक्षिणी लेबनानसँगको सिमाना नजिकै भूमिगत अभियान सुरु गर्ने घोषणा गरेको थियो । रासस/सिन्ह्वा

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ८, २०८१ बिहिवार - ०५:४१:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology