आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

दिल्ली विश्वकै प्रदूषित शहर

दिल्ली विश्वकै प्रदूषित शहर

नागरिक पाटी

२१, कार्तिक २०८१
  • 2.1K
    SHARES
  • दिल्ली विश्वकै प्रदूषित शहर

    नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्ली वायु प्रदूषित शहरमध्ये विश्वकै पहिलो नम्बरमा दर्ज भएको छ । वायु प्रदूषणको स्तर मापन गर्ने वेबसाइट आईक्यु एयरका अनुसार दिल्लीको प्रदूषण सूचक ४१२ एक्युआई प्लस यूएस रहेको छ ।

    images

    त्यसपछि पाकिस्तानको लाहोर रहेको छ । लाहोरमा वायु प्रदूषण उच्च भएसँगै स्थानीय प्रशासनले लकडान नै जारी गरेको समाचारमा उल्लेख छ । जसअनुसार नोभेम्बर ४ देखि कम्तिमा एक हप्तासम्मका लागि विद्यालय बन्द गरिएको छ । लाहोरको एक्युआई २२० रहेको छ ।

    यस्तै भारतको कलकत्ता तेस्रो स्थानमा रहँदा इजिप्टको कायरो चौथो, बंगलादेशको ढाका पाँचौं, चीनको वुहान प्रदूषित शहरको छैटौं स्थानमा रहेका छन् । यसैगरी भियतनामको होनाइ सातौ, यूएईको दुबई आठौं, भारतको मुम्बई नवौं, मंगोलियाको उलनबाटर दशौं स्थानमा परेको छ । एजेन्सी

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २१, २०८१ बुधवार - ०६:१३:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology