आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सोमालियामा झण्डै ६० लाख मानिस विस्थापित

सोमालियामा झण्डै ६० लाख मानिस विस्थापित

नागरिक पाटी

१, पौष २०८१
  • 1.8K
    SHARES
  • सोमालियामा झण्डै ६० लाख मानिस विस्थापित

    सोमालियामा झण्डै ६० लाख मानिस विस्थापित भएका छन् । द्वन्द्व, असुरक्षा र जलवायु परिवर्तनका कारण निम्तिएको खडेरी तथा अनिकालका कारण सोमालियामा ५९ लाख ८० हजार मानिस विस्थापित भएका मानवीय मामिलाहरूको समन्वयको लागि संयुक्त राष्ट्रको कार्यालय (ओसीएचए) ले जनाएको छ ।

    images

    सोमालिया, इथियोपिया र केन्यालगायत अफ्रिकामा रहेका उसका छिमेकीहरू ४५ वर्षयताकै सबैभन्दा खराब खडेरीको चपेटामा परेका छन् । संयुक्त राष्ट्रसङ्घले आउँदो सन् २०२५ सम्ममा सोमालीमा मानवीय कार्य विस्तार गर्न एक अर्ब ४२ करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ ।

    मानवीय आवश्यकता र प्रतिक्रिया योजना (एचएनआरपी) सबैभन्दा गम्भीर स्तरको आवश्यकता भएका मानिसहरूलाई सहयोग गर्नमा केन्द्रित रहेकामा ४० लाख मानिसहरूलाई सहायताको लागि लक्षित गरिने ओसीएचएले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष १, २०८१ सोमवार - ०९:१९:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology