आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

नागरिक पाटी

१२, पौष २०८१
  • 2.0K
    SHARES
  • भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

    काठमाण्डौं । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको गएराति निधन भएको छ । उहाँ ९२ वर्षको हुनुहुन्थ्यो ।

    images

    घरमा अचानक बेहोस भएपछि उहाँलाई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो । उपचारको क्रममा उहाँको निधन भएको अस्पतालले जनाएको छ ।

    अस्पतालका अनुसार सिंहलाई उमेरसँग सम्बन्धित समस्याहरू देखिएपछि लामो समयदेखि घरमै उपचार भइरहेको थियो ।

    सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गर्नुभएको थियो ।

    सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उहाँले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिनुभएको थियो ।

    यस्तै उहाँले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हाल्नुभएको थियो । उहाँले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिनुभएको थियो ।


    प्रधानमन्त्री मोदीले सिंहको निधनको खबरले आफूलाई दुःखी तुल्याएको बताउनुभएको छ । सिंहलाई भारतको उदारीकरण र आर्थिक सुधारहरूका योजनाकार मानिन्छ ।

    नेपालको राजनीतिक मामिलामा पनि सिंह अविस्मरणीय पात्र हुनुहुन्थ्यो । उहाँ भारतको प्रधानमन्त्री भएकै बेला नेपालका प्रमुख दल र तत्कालीन विद्रोही माओवादीबीच नयाँ दिल्लीमा १२ बुँदे सम्झौता भएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - ०७:४५:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology