आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भारतको दिल्लीमा भाजपालाई दुई तिहाइ बहुमत

भारतको दिल्लीमा भाजपालाई दुई तिहाइ बहुमत

नागरिक पाटी

२७, माघ २०८१
  • 2.5K
    SHARES
  • भारतको दिल्लीमा भाजपालाई दुई तिहाइ बहुमत

    भारतको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले दुई तिहाइसहितको बहुमत प्राप्त गरेको छ । ७० सदस्यीय विधानसभामा भाजपाले ४८ सिट जितेको हो ।

    images

    सत्तारुढ आम आदमी पार्टीले २२ सीट जितेको भारतीय निर्वाचन आयोगले जनाएको छ । चुनावमा आम आद्मी पार्टीका प्रमुख तथा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्वउपमुख्यमन्त्री मनीष सिसोदिया पनि पराजित हुनुभएको छ ।

    केजरीवाल भाजपाका प्रवेश बर्मासँग चार हजार ८९ मतान्तरले पराजित हुनुभएको हो । दिल्लीमा सरकार गठनका लागि ३६ सिट आवश्यक पर्छ । जीतसँगै भाजपाले २७ वर्षपछि दिल्लीमा सरकार बनाउने भएको छ । भारतको संघीय संसद्को प्रमुख प्रतिपक्षी दल भारतीय नेशनल कंग्रेसले भने दिल्लीमा कुनै पनि सिट जित्न सकेन ।

    यस अघि सन् २०२० को दिल्ली विधानसभा चुनावमा आम आद्मी पार्टीले ६२ सिट र भाजपाले आठ सिट जितेका थिए । आम आद्मी पार्टीका प्रमुख अरविन्द केजरीवालले हार स्वीकार गर्दै भाजपालाई बधाइ दिनुभएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ २७, २०८१ आइतवार - ०६:१९:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology