आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कुम्भ मेलामा जाँदै गरेका १० भक्तजनको दुर्घटनामा मृत्यु, १९ जना घाइते

कुम्भ मेलामा जाँदै गरेका १० भक्तजनको दुर्घटनामा मृत्यु, १९ जना घाइते

नागरिक पाटी

३, फाल्गुण २०८१
  • 1.9K
    SHARES
  • कुम्भ मेलामा जाँदै गरेका १० भक्तजनको दुर्घटनामा मृत्यु, १९ जना घाइते

    भारतको प्रयागराजस्थित कुम्भ मेलामा जाँदै गरेका छत्तीसगढका दश भक्तजनको सडक दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । मृतक सबै छत्तीसगढको कोरबा र जांजगीर चम्पा जिल्लाका बासिन्दा रहेको बीबीसीले जनाएको छ ।

    images

    छत्तीसगढ प्रहरी प्रवक्ताका अनुसार कोरबाबाट श्रद्धालु लिएर प्रयागराजतर्फ जाँदै गरेको बोलेरो उत्तर प्रदेशको मिर्जापुर–प्रयागराज राजमार्गमा रहेको मनुका पुरा गाउँनजिकै राति अबेर बससँग ठोक्किएको थियो ।

    प्रहरीका अनुसार बोलेरोमा सवार सबै १० जनाको घटनास्थलमै मृत्यु भएको थियो । बसमा सवार १९ यात्रु घाइते भएका छन् । उनीहरूलाई रामनगरको सरकारी अस्पतालमा भर्ना गरिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ३, २०८१ शनिवार - १२:०९:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology