आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

म्यान्मारमा विनाशकारी भूकम्पमा परी ज्यान जानेको संख्या १६ सय नाघ्यो

म्यान्मारमा विनाशकारी भूकम्पमा परी ज्यान जानेको संख्या १६ सय नाघ्यो

नागरिक पाटी

१७, चैत्र २०८१
  • 3.2K
    SHARES
  • म्यान्मारमा विनाशकारी भूकम्पमा परी ज्यान जानेको संख्या १६ सय नाघ्यो

    म्यान्मारमा गएको विनाशकारी भूकम्पपछि मर्नेहरुको संख्या बढेर १६ सय नाघेको छ । उपकरणहरुको अभाव, सञ्चार नेटवर्कको समस्या तथा सडक, पुल भत्किएका कारण जीवित व्यक्तिको खोजीमा बाधा पुगेको छ ।

    images

    भूकम्पले देशको सबैभन्दा ठूलो शहर मांडलेको अधिकांश भाग तहसनहस गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । उद्धारकर्ताले १२ मध्यम खाले अपार्टमेन्ट उधिन्दा ३० घण्टापछि एक महिलालाई जीवितै उद्धार गरेका छन् ।

    रेडक्रसका अनुसार अझै पनि ९० भन्दा बढी मानिसहरु त्यसरी फसेका छन् । नजिकैको बस्तीमा उद्धारकर्मीहरुले एक किन्डरगार्टनवाला भवनभित्र १२ प्रिस्कुल बच्चा तथा एक शिक्षकको शव भेटेका बताइएको छ ।

    राष्ट्रसंघीय मानव सहायता एजेन्सीले सबैभन्दा ठूलो शहर यांगून, राजधानी पी ताव र मांडलेबीचको मुख्य राजमार्गमा ठूल(ठूला धाँजा फाटेका छन्, जसले सहायतामा व्यवधान खडा गरेको छ । मानव सहायता एजेन्सीले आवश्यक औषधि र स्वास्थ्यकर्मीसहितको चिकित्सा आपूर्तिको समेत कमी देखिएको जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १७, २०८१ आइतवार - ०६:१३:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology