आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भारतको केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत फेला

भारतको केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत फेला

नागरिक पाटी

१९, बैशाख २०८२
  • 3.0K
    SHARES
  • भारतको केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत फेला

    भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत अर्की एक नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन् । ओडिशाको स्थानीय सञ्चारमाध्यम ओटीभी अनुसार बिहीबार केआईआईटीको होस्टेलभित्र झुन्डिएको अवस्थामा नेपाली छात्राको शव फेला परेको हो ।

    images

    विश्वविद्यालय प्रशासनलाई उद्धृत गर्दै नयाँदिल्लीस्थित नेपाली दूतावासले घटनाको पुष्टि गरेको छ । वीरगन्जकी छात्रा बिहीबार साँझ केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल–४’ (क्यूसी–४) को चौथो तलामा रहेको आफ्नै कोठामा मृत फेला परेकी हुन् । विश्वविद्यालयले नेपाली दूतावासलाई दिएको जानकारीअनुसार प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ ।

    ‘बिहीबार करिब साढे ७ बजे नियमित जाँचका क्रममा उनले ढोका नखुलेपछि बलपूर्वक भित्र पसेर हेर्दा उनी मृत भेटिएकी बताइएको छ ।

    दुई महिनाअघि केआईआईटीकै होस्टेलमा नेपाली छात्रा प्रकृति लम्सालको शव फेला परेको थियो । लम्सालको निधन रहस्यमयी भएको भन्दै कलेजमा अध्ययनरत विद्यार्थीहरूले प्रदर्शन गरेका थिए ।

    विरोध प्रदर्शनका क्रममा नेपाली विद्यार्थीले आफूहरूमाथि जातीय तथा राष्ट्रिय पहिचानका आधारमा दुर्व्यवहार भएको र मानसिक त्रासदी र असुरक्षा महसुस गरिरहेको जनाएका थिए ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १९, २०८२ शुक्रवार - १२:२७:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology