पाकिस्तानसँग युद्धविराम घोषणाको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो बेलुका राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ ।
उहाँले पाकिस्तानले आतङ्कवादलाई प्रश्रय दिएको आरोप लगाउनुभएको छ । आणविक हतियारको नाममा भइरहेको ब्ल्याकमेल सहन नसकिने उहाँको चेतावनी छ।
आफूहरूले गरेको जवाफी कारबाहीमा एक सय जनाभन्दा धेरै आतङ्ककारी मारिएका भारतीय प्रधानमन्त्री मोदीको दाबी छ । साथै उहाँले पाकिस्तानको अनुरोधमा भारत युद्ध रोक्न सहमत भएको पनि दाबी गर्नुभयो ।
पाकिस्तानविरुद्धको सैन्य कारबाही स्थगित गरिएको तर अवस्था हेरेर फेरि थप कारबाहीको निर्णयमा पुग्न सक्ने भारतीय पक्षले चेतावनी दिएको छ ।