आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

इरानी राष्ट्रिय प्रसारण माध्यममा प्रत्यक्षप्रसारण भइरहेको बेला आक्रमण

इरानी राष्ट्रिय प्रसारण माध्यममा प्रत्यक्षप्रसारण भइरहेको बेला आक्रमण

नागरिक पाटी

३, आषाढ २०८२
  • 4.2K
    SHARES
  • इरानी राष्ट्रिय प्रसारण माध्यममा प्रत्यक्षप्रसारण भइरहेको बेला आक्रमण

    इजरायलले इरानी राष्ट्रिय प्रसारण माध्यम (आईआईआरबी)मा प्रत्यक्षप्रसारण भइरहेको समयमा बम हमला गरेर विस्फोट गराएको छ । यो हमला इजरायली सेनाले आईआईआरबी मुख्यालय समेत रहेको तेहरानको ‘जिल्ला तीन’मा आक्रमण गर्ने धम्की दिएको केही समयपछि भएको हो । इजरायली रक्षामन्त्री इस्रायल क्याट्सले इरानी प्रचार र प्रोपोगान्डा मुखपत्रको नामोनिसान मेटाउने बताएका थिए ।

    images

    प्रत्यक्षप्रसारणमा धुवाँ र भग्नावशेष देखिएपछि टिभी एंकर सहार एमामीले मातृभूमि र सत्यविरुद्धको आक्रमण भन्दै यसलाई निन्दा गरेकी थिइन् । यसपछि उनी स्टुडियोबाट भाग्दै गरेको देखिएको थियो ।

    इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाइले यसलाई युद्ध अपराध भन्दै इजरायललाई पत्रकारहरूको नम्बर एक ‘हत्यारा’ भएको आरोप लगाए ।

    यसैबीच, इरानी सरकारी टेलिभिजनले आफ्ना केही कर्मचारी घाइते भएको जानकारी दिएको छ । एक संवाददाताले हमला भएको अन्तिम क्षणसम्म काम गरिरहेका बताए । प्रसारण प्रमुख पेमान जेबेली रगत लागेको कागज देखाउँदै सरकारी टिभी र यसका कर्मचारीहरू अन्त्यसम्म डटिरहने बताए । - अलजजिरा

     

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३, २०८२ मंगलवार - ०७:५०:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology