आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ईयूद्धारा दुर्लभ खनिज तत्व निर्यातमा प्रतिबन्ध हटाउन चीनलाई आग्रह

ईयूद्धारा दुर्लभ खनिज तत्व निर्यातमा प्रतिबन्ध हटाउन चीनलाई आग्रह

नागरिक पाटी

१९, आषाढ २०८२
  • 3.1K
    SHARES
  • ईयूद्धारा दुर्लभ खनिज तत्व निर्यातमा प्रतिबन्ध हटाउन चीनलाई आग्रह

    युरोपेली संघ (ईयू) का शीर्ष कूटनीतिज्ञले चीनका विदेशमन्त्रीलाई दुर्लभ खनिज तत्वहरू (रेयर अर्थ मेटेरियल) को निर्यातमा लगाइएको प्रतिबन्ध अन्त्य गर्न आग्रह गरेका छन् । चिनियाँ कम्पनीहरूले युक्रेनमा रूसको युद्धलाई समर्थन गरेकाले युरोपेली सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको चेतावनी दिएको ईयूले जनाएको रोयटर्सले उल्लेख गरेको छ ।

    images

    युरोपेली संघको विदेश नीति उच्च प्रतिनिधि काजा कालासले ब्रसेल्समा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेपछि ईयूको कूटनीतिक सेवाको यो भनाइ आएको हो ।

    कालासले चीनलाई आफ्ना हस्तक्षेपकारी अभ्यासहरू विशेषगरी दुर्लभ खनिज तत्वहरूको निर्यातमा लगाइएको प्रतिबन्धले युरोपेली कम्पनीहरूलाई गम्भीर जोखिम निम्त्याउको र विश्वव्यापी आपूर्ति श्रृंखलाको विश्वसनीयतालाई खतरामा पारेको भन्दै यसको अन्त्य गर्न आह्वान गरेको ईयूले बताएको छ ।

    व्यापारको सन्दर्भमा कालासले आर्थिक सम्बन्धलाई सन्तुलनमा ल्याउन, समान अवसर सिर्जना गर्न र बजार पहुँचमा सुधार गर्न ठोस समाधानहरूको माग गरिन् । उनले चिनियाँ कम्पनीहरूले रूसको गैरकानुनी युद्धलाई समर्थन गरेर युरोपेली सुरक्षामा उत्पन्न गरेको गम्भीर खतरालाई पनि उजागर गरिन् ।

    चीनले युक्रेन युद्धमा रूसलाई सैन्य समर्थन नगरेको दाबी गरेको छ । तर, युरोपेली अधिकारीहरूले चिनियाँ कम्पनीहरूले रूसी ड्रोन र युक्रेनमा प्रयोग हुने अन्य हतियारहरूका लागि महत्त्वपूर्ण सहयोग उपलब्ध गराएको बताएका छन् । - रोयटर्स

    images
    images
    images
    प्रकाशित मिति :आषाढ १९, २०८२ बिहिवार - ०८:१३:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology