आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अमेरिकाद्धारा ६ हजार विद्यार्थीको भिसा रद्द

अमेरिकाद्धारा ६ हजार विद्यार्थीको भिसा रद्द

नागरिक पाटी

३, भाद्र २०८२
  • 5.4K
    SHARES
  • अमेरिकाद्धारा ६ हजार विद्यार्थीको भिसा रद्द

    अमेरिकाले ६ हजार भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको छ । अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, अमेरिकी कानुन तोड्ने र तोकिएको समयभन्दा बढी बस्ने कारण ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरिएको हो ।

    images

    मन्त्रालयका अनुसार, यीमध्ये धेरैजसो मुद्दा मदिरा सेवन गरेर गाडी चलाउने, चोरी गर्ने र आतंकवादलाई समर्थन गर्ने गतिविधिसँग सम्बन्धित थिए ।

    यो कदमलाई ट्रम्प प्रशासनको कडा आप्रवासन नीति कार्यान्वयनको प्रतिफल भनिएको छ । यो नीति अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई समेत कडाइ गरिएको छ। ट्रम्प प्रशासनले प्यालेस्टाइनी समर्थनमा प्रदर्शन गर्ने केही विद्यार्थीहरूविरुद्ध पनि कारबाही गर्दै उनीहरूलाई यहुदी–विरोधी व्यवहार गरेको आरोप लगाएको छ ।

    विदेश मन्त्रालयका अनुसार, ६ हजारमध्ये ४ हजार भिसा कानुन तोडेको आरोपमा रद्द गरिएको हो । त्यस्तै, २०० देखि ३०० भिसा ‘आईएनए ३९बी० अन्तर्गत आतंकवादसँग सम्बन्धित मुद्दा’ मा रद्द गरिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३, २०८२ मंगलवार - ०८:३७:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology