आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

लिपुलेक पासमाथि नेपालको दाबी अनुचित भन्दै भारतद्वारा अस्वीकार

लिपुलेक पासमाथि नेपालको दाबी अनुचित भन्दै भारतद्वारा अस्वीकार

नागरिक पाटी

५, भाद्र २०८२
  • 3.1K
    SHARES
  • लिपुलेक पासमाथि नेपालको दाबी अनुचित भन्दै भारतद्वारा अस्वीकार

    भारतले लिपुलेक पासमाथि नेपालको क्षेत्रीय दाबीलाई अस्वीकार गरेको छ । भारतले बुधबार बाँकी सीमा समस्याहरूको समाधानका लागि रचनात्मक अन्तरक्रियाका लागि खुला रहेको बताएको छ । भारतको विदेश मन्त्रालयले नेपालले गरेको दाबी औचित्यपूर्ण र ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको जनाएको छ ।

    images

    यसमा भारतको अडान निरन्तर र स्पष्ट रहेको भारतले बताएको छ । यस्ता दाबीहरू औचित्यपूर्ण र ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएकाले क्षेत्रीय दाबीहरूको एकपक्षीय कृत्रिम विस्तार स्वीकार्य नरहेको बताईएको छ ।

    यो विषय भारत र चीनले चिनियाँ विदेशमन्त्री वाङ यीको नयाँ दिल्ली भ्रमणका क्रममा लिपुलेक पासमार्फत सीमा व्यापार पुनः खोल्ने सहमति गरेपछि आएको हो । दुवै पक्षले तीन निर्दिष्ट व्यापारिक बिन्दुहरू लिपुलेक पास, शिप्की ला पास र नाथु ला पासमार्फत सीमा व्यापार पुनः खोन्ने सहमति गरेको नयाँ दिल्ली र बेइजिङबीचको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

    नेपालले लामो समयदेखि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो सार्वभौम भूमिको हिस्साका रूपमा दाबी गर्दै आएको छ । सन् २०१९ को नोभेम्बरमा भारतले कालापानी र लिपुलेकलाई आफ्नो सीमाभित्र समेटेर नयाँ राजनीतिक नक्सा प्रकाशित गरेपछि तनाव बढेको थियो टाइम्स अफ इन्डियाले लेखेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०८२ बिहिवार - १०:००:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology