आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

इजरायल र हमास युद्धविराम-सोमबारभित्र बन्धक रिहा हुने

इजरायल र हमास युद्धविराम-सोमबारभित्र बन्धक रिहा हुने

नागरिक पाटी

२६, आश्विन २०८२
  • 3.8K
    SHARES
  • इजरायल र हमास युद्धविराम-सोमबारभित्र बन्धक रिहा हुने

    प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलबाट अपहरण गरी बन्धक बनाइएका सबै बन्धकहरूलाई सोमबारभित्र मुक्त गर्ने तयारी गरेको छ।
    सबै बन्धकहरुको रिहाइको अन्तिम तयारी भइरहँदा नेपालका विपीन जोशीको अवस्था भने अज्ञात रहेपनि जीवित रहेको अनुमान गरिएको छ।

    images

    इजरायली अधिकारीलाई उदृध गर्दै जेरुसेलम पोस्टले हमासले बाँकी रहेका सबै बन्धकहरू ( जीवित र मृत दुबै) लाई सोमबार बिहानभित्र मुक्त गर्ने तयारी गरेको जनाएको छ।
    रिपोर्ट अनुसार हमासले जीवित बन्धकहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रतिनिधिहरूलाई हस्तान्तरण गर्नका लागि जम्मा गर्न सुरू गरिसकेको छ। हस्तान्तरण प्रक्रिया बिहान करिब ६ बजे सुरू हुने अपेक्षा गरिएको छ।
    सम्भवतः एकभन्दा बढी स्थानमा हस्तान्तरण हुनसक्ने अनुमान गरिएको छ । हमासले ४८ जना बन्धकहरूलाई मुक्त गर्नुपर्नेछ। जसमा करिब २० जना जीवित रहेको अनुमान गरिएको छ।

    सम्झौताअनुसार सबै बन्धकहरू सोमबार दिउँसोभित्रै अर्थात् युद्धविराम लागू भएको ७२ घण्टा भित्र मुक्त हुनेछन्।


    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०८२ आइतवार - १५:२३:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology