आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

इजरायली आक्रमणमा गाजामा २० जनाको मृत्यु

इजरायली आक्रमणमा गाजामा २० जनाको मृत्यु

नागरिक पाटी

१२, कार्तिक २०८२
  • 3.3K
    SHARES
  • इजरायली आक्रमणमा गाजामा २० जनाको मृत्यु

    इजरायली आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको छ । गाजाको दक्षिणी राफाहमा गोली हानाहान हुँदा एक इजरायली सैनिक घाइते भएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शक्तिशाली आक्रमणको आदेश दिएका थिए । आदेशपछि इजरायली सेनाले गाजाका विभिन्न भागमा गरेको आक्रमणमा कम्तीमा २० प्यालेस्टिनीको मृत्यु भएको अलजजिराले जनाएको छ ।

    images

    मंगलबार भएका यी आक्रमणहरू अक्टोबर १० मा युद्धग्रस्त क्षेत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गराएको युद्धविराम लागु भएयता भएका सबैभन्दा ठूलो हिंसात्मक घटनामध्ये एक भएको बताइएको छ ।

    हमासको सशस्त्र इकाई ‘कसम ब्रिगेड्स’ले इजरायलमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै बेपत्ता बन्दीको शव हस्तान्तरण गर्ने योजना स्थगित गर्ने चेतावनी दिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १२, २०८२ बुधवार - १०:२२:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology