आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अस्ट्रेलियामा सवारी दुर्घटना : चितवन घर भएका एकै परिवारका तीन नेपालीको मृत्यु

अस्ट्रेलियामा सवारी दुर्घटना : चितवन घर भएका एकै परिवारका तीन नेपालीको मृत्यु

नागरिक पाटी

२७, कार्तिक २०८२
  • 3.2K
    SHARES
  • अस्ट्रेलियामा सवारी दुर्घटना : चितवन घर भएका एकै परिवारका तीन नेपालीको मृत्यु

    अस्ट्रेलियामा सवारी दुर्घटनामा एकै परिवारका तिन नेपालीको मृत्यु भएको छ ।आमा, बाबु र छोराको घटनास्थलमा मृत्यु भएको हो । हजुरआमा भने बाँच्न सफल भएका छन् । 

    images

    भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन नेपालीको मृत्यु भएको हो । कारका चालक ४१ वर्षीय एक पुरुष, ३१ वर्षीया एक महिला र तीन वर्षीय एक बालकको दुर्घटनास्थलमै मृत्यु भएको हो ।

    उनीहरूसँगै यात्रा गरिरहेकी एक वृद्धाको भने उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु हुनेहरू एकै परिवारका बाबु, आमा र छोरा हुन् । घाइते मृतक महिलाकी आमा रहेको समाचारमा उल्लेख छ ।

    घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो । सब वे बाट मेन रोडमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । उनीहरूसँगै अर्को कारमा परिवारका अन्य सदस्यसमेत सवार रहेको र उनीहरूले केही पछिमात्र घटनाबारे जानकारी पाएका थिए ।

    ट्रक चालक भने सामान्य घाइते भएका छन् । दुर्घटनापछि भिक्टोरियाका वाणिज्य दूत निराजन गौलीले निकै पिडादायक घटना घटेको बताएका छन् । एकै परिवारका तीन सदस्यको निधन भएको र एक जनाको उपचार भइरहेको उनले पुष्टि गरेका छन् ।

    उपचारार्थ महिलाको अवस्था स्थिर रहेको र उनको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए । एनआरएन भिक्टोरियाका संयोजक महादेव धानुकले परिवारसँग सम्पर्क भइरहेको र आफूहरू आवश्यक सहयोगको लागि तयार रहेको समेत बताए ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २७, २०८२ बिहिवार - १०:१८:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology