आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बंगलादेशको चुनावमा बीएनपीलाई १५१ सिट सहित स्पष्ट बहुमत

बंगलादेशको चुनावमा बीएनपीलाई १५१ सिट सहित स्पष्ट बहुमत

नागरिक पाटी

१, फाल्गुण २०८२
  • 2.0K
    SHARES
  • बंगलादेशको चुनावमा बीएनपीलाई १५१ सिट सहित स्पष्ट बहुमत

    बंगलादेशको १३औँ राष्ट्रिय संसदीय चुनावको प्रारम्भिक नतिजाले बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को स्पष्ट जीत देखाएको छ ।

    images

    बंगलादेशी सञ्चार माध्यम ढाका ट्रिब्युनका अनुसार अहिलेसम्म पार्टीले बीएनपीले १ सय ५१ निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ । बीएनपीका मुख्य नेता तारिक रहमान प्रधानमन्त्री बन्ने सम्भावना बढ्दै गएको छ ।

    ६० वर्षीय रहमान पूर्व राष्ट्रपति जियार रहमान र पूर्व प्रधानमन्त्री खालेदा जियाको छोरा हुनुहुन्छ । जामात–ए–इस्लामी मुख्य विपक्षीको रूपमा ४३ सीटमा कायम छ । मत गणना देशभर चलिरहेको छ । सन् २०२४ जुलाईको अन्दोलनपछि बंगलादेशमा आमचुनाव र राष्ट्रिय जनमत सङ्ग्रह शान्तिपूर्ण र उत्सवपूर्ण वातावरणमा सम्पन्न भएको हो ।

    ३ सय मध्ये २ सय ९९ निर्वाचन क्षेत्रमा मतदान भएको छ, शेरपुर–३ मा उम्मेदवारको निधनका कारण मतदान स्थगित गरिएको थियो । तीन दशकपछि पहिलो पटक अवामी लिग चुनावमा अनुपस्थित रहेकोले मुख्य रूपमा बीएनपी गठबन्धन र जामात–ए–इस्लामीबीच प्रतिस्पर्धा भएको छ । एजेन्सी

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १, २०८२ शुक्रवार - ११:३०:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology