आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पाकिस्तानमा बम हमला र गोलीबारीको घटनामा १४ जनाको मृत्यु

पाकिस्तानमा बम हमला र गोलीबारीको घटनामा १४ जनाको मृत्यु

नागरिक पाटी

५, फाल्गुण २०८२
  • 1.1K
    SHARES
  • पाकिस्तानमा बम हमला र गोलीबारीको घटनामा १४ जनाको मृत्यु

    पाकिस्तानमा भएका दुई बम हमला र प्रहरी तथा विद्रोहीबीच भएको गोलीबारीको घटनामा कुल १४ जनाको मृत्यु भएको छ । मारिनेहरूमध्ये ११ सुरक्षाकर्मी र तीनसर्वसाधारण नागरिक रहेका छन् । समाचार एजेन्सी एएफपीले एक सुरक्षा अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

    images

    सोमबार साँझ बाजौर जिल्लामा एक आत्मघाती हमलाकारीले विस्फोटक पदार्थले भरिएको सवारीसाधन एक धार्मिक कलेजको पर्खालमा ठोक्काएका थिए । यस हमलामा आठ सुरक्षाकर्मी मारिएका छन् भने १० जना घाइते भएका छन् ।

    दोस्रो हमला बन्नु सहरमा भयो, जहाँ एउटा रिक्सामा जडान गरिएको बम मिर्यान प्रहरी चौकीमा विस्फोट भयो । यस हमलामा दुई सर्वसाधारणको मृत्यु भयो र १७ जना घाइते भएका थिए । यसका साथै, शांगला जिल्लामा खानतलासी अभियानका क्रममा भएको गोलीबारीमा तीन सुरक्षाकर्मी र तीन विद्रोही मारिएका छन् ।

    यी तीनवटै छुट्टाछुट्टै घटनाहरू सोमबार, १६ फेब्रुअरीका दिन खैबर पख्तुनख्वा प्रान्तमा भएका हुन् । यी घटनाहरूमा २५ जना घाइते समेत भएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ५, २०८२ मंगलवार - १६:५७:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology