संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा गरेका छन् । उनले तेहरानलाई युद्ध अन्त्य गर्न प्रस्ताव ल्याउन थप समय दिन आक्रमण स्थगित गर्ने पनि बताएका छन् । मंगलबार गरिएको यो निर्णय पाकिस्तानका मध्यस्थकर्ताको आग्रहमा आएको ट्रम्पले बताएका छन् । यसअघि ट्रम्पले बुधबारसम्म पनि इरान सहमतिमा नआए आक्रमण गर्ने धम्की दिएका थिए ।
उनले युद्धविराम अवधि लम्बिए पनि इरानमाथिको नाकाबन्दी जारी रहेको बताएका छन् । युद्धविराम कति समयसम्म लम्बिएको हो भन्ने कुरा ट्रम्पले खुलाएका छैनन् । युद्धविराम विस्तार ट्रम्प प्रशासनको अचानक निर्णय परिवर्तनको उदाहरण बनेको छ ।